विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसियाको ७४औँ सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको तयारी पूूरा भएको मन्त्रालयले जानकारी दिएको छ ।
सोमबारबाट सुरु हुने पाँच दिने बैठकको तयारी पूूरा भएको बताइएको छ । बैठकबारे जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले आयोजक राष्ट्रका रूपमा नेपालले गर्नुपर्ने सम्पूर्ण तयारी पूूरा भएको जानकारी दिनुभयो । उहाँले ११ वर्षपछि पुनः आयोजक राष्ट्रका रूपमा बैठक गर्ने अवसर पाएको भन्दै कोभिड–१९ महामारीका बेला आयोजना हुने बैठक दक्षिण पूर्वी एसिया क्षेत्रकै लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यको सर्वव्यापी पहुुँचलगायतका विषयवस्तुमा पनि बैठकमा छलफल हुनेछ । यस्तै मन्त्रालयका सचिव डा. रोशनकुमार पोखरेलले ११ वटै देशका स्वास्थ्यमन्त्री, सचिवलगायतका स्वास्थ्यका उच्च अधिकारीको सहभागिता हुने बताउनुभयो ।