पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, आज थप २१६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ जना पुगेको छ । निको हुनेको दर ९४.८ प्रतिशत छ ।
आज संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ८८९ पुगेको छ ।