काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रको भवनमा फेला परेको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
बिहीबार बिहान करिब ११ बजे पुरानो बानेश्वरनजिकै सेतो पुलस्थित मातृका आँखा अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि बम भएको आशंका गरिएको थियो । तर बम भने नरहेको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभएको छ ।
कोही व्यक्तिले झुक्यानका लागि उक्त बस्तु राखेको हुनसक्ने उहाँले बताउनुभयो । उक्त शंकास्पद बस्तु फाउन्डेसनको तेस्रो तलाको शौचालयमा बिहान फेला परेको थियो ।