काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले अनलाइन कक्षा सञ्चालन सम्बन्धी प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समयमा भेटिएका संक्रमित विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।
“हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं ”, उनले भने “कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ ।
पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।