काठमाडौँ । एमाले नारावाजी र अवरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक ल्याएको हुन् ।
आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ बाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् । उनले कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।