काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण भएको छ। काठमाडौंका २५७ जना, ललितपुरका ५६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण भएको हो।
गत २४ घण्टामा १० हजार ९ सय १६ जनाको परीक्षण गर्दा १ हजार १ सय ४६ जना संक्रमित भएका छन् ।
२४ घण्टाकै अवधिमा १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।
देशभर कुन प्रदेशमा कति ?