काठमाडौं । अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आगामी अक्टोबरभित्र फाइजरको खोप तयार गर्ने भएको छ ।
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि अमेरिकाले फाइजर खोपको अनुमति दिइसकेको अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् । उक्त खोप बालबालिकाको सुरक्षाका लागि प्रभावकारी हुने अमेरिकाको भनाई छ ।
पछिल्लो हप्तादेखि विद्यालयहरु सञ्चालनमा आएसँगै अमेरिकाले ती उमेर समूहका बालबालिकाहरुलाई खोप दिने तयारी गरेको जनाएको छ ।