काेराेना संक्रमणकाे जोखिम जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न उपत्यकाका तीन जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक छुट्टाछुट्टै बस्ने भएको छ । काठमाडौं र भक्तपुर जिल्लाको आज बेलुका ३ बजे बैठक बस्दै छ ।
जारी निषेधाज्ञाको अवस्था मूल्याङ्कन सहित असोज १ गतेबाट विद्यालय कसरी खोल्न सकिन्छ भन्ने सन्दर्भमा बैठक बस्न लागेको हो । जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नभएको ,भीडभााड निकै बढेको अवस्थामा अब कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा पनि छलफल गरिने छ ।