ढाका– बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् ।
लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतबार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो ।
विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो।आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो। लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको सङ्क्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द रहेका छन् ।