काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७९ हजार ४९२ र एन्टिजेनबाट ८७ हजार ४१३ जना पुगेको छ ।