नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा सङ्क्रमित हुने बालबालिकाको सङ्ख्यामा वृद्धि देखिएको छ। चिकित्सकहरूले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन्।
वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड १९ परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ बढी हुन सक्ने ठानिएको छ।
बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ। बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ।
सोही सन्दर्भमा काठमाडौंको बसुन्धरामास्थित ईशान बाल तथा महिला अस्पतालमा कार्यरत अस्पतालका निर्देशक प्रा डा आरपी चौधरी सँग बालबालिकामा कोभिड संक्रमण भएको कसरी थाहा पाउने भन्ने बारेमा लिएको भिडियो