कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरु पुनः समस्यामा परेका छन् । संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ ।
कोरोना संक्रमित हुने गर्भवती महिलाका शिशुमा पनि संक्रमण हुने वा नहुने विषयमा पनि छलफल हुन थालेको छ ।
गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चामा संक्रमण भएको पाइएको छैन । तर, गर्भवती महिलामा संक्रमण हुँदा शिशुलाई खतरा हुने भएकाले समयमा नै सावधानी अपनाउन आवश्यक छ ।
यसै सन्दर्भमा बिराट मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरमा कार्यरत डाक्टर सँगको कुराकानी