काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा ७ हजार ५४८ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्ट्रि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
हाल नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८५ हजार ९०० पुगेको मनत्रालयले जनाएको छ ।
गत २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ। हाल ८१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो चौबीस घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७५ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । आज ६९९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
कुल संक्रमितमध्ये ६३४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, ८१ जना हाल क्वारेन्टिनमा छन् ।