बालघातक सरुवारोग कुनै सरुवा विषाणु, जीवाणुको संक्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ । बालघातक रोग जस्तैः लहरे खोकी, भ्यागुते रोग, धनुषटंकार, क्षयरोग, पोलियो, दादुरा आदि हुन् । यी रोगहरू विरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट संक्रमण भएमा शिशु विरामी हुन्छ ।
बेलैमा पछि हुनसक्ने रोग विरुद्ध खोप लगाइ शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्नु पर्दछ । सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन लानु पर्दछ ।
खोप तालिका