- हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ
- भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ
- अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ
- हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ
- हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ
- गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ
- अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्
- विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको छ
विगतमा काठमाण्डूमा नै हैजा देखिएको छ। मनसुनको समयमा सधैँ हुन्छ। त्यही भएर हामी जोखिममा नै छौँ। हामीले नियन्त्रणका उपाय निरन्तर अवलम्बन गर्नुपर्ने देखिन्छ।
विभिन्न वैज्ञानिक अध्ययनहरूले दक्षिण एशियाका देशहरूमा हैजा एउटा ठूलो स्वास्थ्य समस्या रहेको देखाएका छन्।
नेपालमा बर्सेनि ३० हजार जनाभन्दा बढी हैजाको प्रकोपबाट प्रभावित हुने र ९०० जनाभन्दा बढीले ज्यान गुमाउने गरेको अनुमान एउटा अध्ययनमा उल्लेख छ।
काठमाण्डूमा उपत्यकामा प्रत्येक वर्ष वर्षायाममा झाडापखालाका प्रकोपहरू देखा पर्ने गरेका यूनिसेफको एउटा अध्ययनमा उल्लेख छ।
सन् २०१७ मा हैजा नियन्त्रण तथा पूर्वतयारीसम्बन्धी पाँचवर्षे योजना नेपाल सरकारले अनुमोदन गरेको थियो।