काठमाडौं- चिसोमा धेरे समस्याहरु आउने गर्छन ती मध्ये एक हो चिसोका कारण हातखुट्टा, गाला र ओठ पुट्ने समस्या यसले प्रायः सबै उमेरका व्यक्तिहरुलाई सताउने गर्छ । विशेषगरि बालबालिकाको ओठ फुट्दा के गर्ने भन्ने विषयमा अभिभावक अन्योलमा परेको देखिन्छ । बालबालिकाको ओठ फुटेमा के गर्ने भन्ने धेरै आमाहरुको जिज्ञासा हुन सक्छ ।
शिशुको ओठ फुटेमा यस्ता सावधानी अपनाउनुपर्छ:
स्तनपानपछि आमाको दुधको लेप लगाइदिने
निम्पल क्रिमको प्रयोग गर्ने
केमिकल मिसिएको बाम प्रयोग नगर्ने
शिशुमा पानिको मात्रा कम हुन नदिन कम्तिमा ३ घण्टाको अन्तरालमा स्तनपान गराउने
कोठाको आद्रता कायम गर्न जाडोमा हमिडिफर राख्ने
यो तरिका अपनाएर पनि ठिक नभए बिशेषज्ञको सल्लाह लिने
’
महिला स्वास्थ्य