काठमाडौं- भारतमा कोरोना संक्रमणले तिब्रता लिने क्रम रोकिएको छैन् । बुधबार मात्रै ३ लाख १५ हजार ४७८ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा अहिलेसम्म २२ लाख ८४ हजार २०९ जनाको उपचार भइरहेको छ । बुधबार मात्रै १ लाख ७९ हजार ३७२ जना बिरामी निको भएर घर फर्केको बताइएको छ । यसअघि मंगलबार देशमा २ लाख ९४ हजार बढी नयाँ संक्रमित देखिएका थिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ हजार १०१ जनाको मृत्यु भएको छ ।
अहिले राजधानी दिल्ली सहित कतिपय राज्यमा कोभिड बिरामीका लागि चाहिने अक्सिजन तथा रेम्डेसिभिर इन्जेक्सनको समेत अभाव भएको बताइएको छ ।
संक्रमण नियन्त्रण बाहिर हुँदै जाँदा कतिपय राज्यहरुले लकडाउनको घोषणा गरिसकेका छन् ।