बाँके- मेडिकल कलेज नेपालगन्जमा थप एक महिलाको कोरोना संक्रमणका करण मृत्यु भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार नेपालगन्ज १७ बाँके निवासी ८६ वर्षीय महिलाको बिहान २ः १५ मा मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
ती महिलालाई बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना गरिएको ओलीले बताए ।
मृतक महिलाको शव व्यवस्थापन का लागी नेपाली सेना तयारी भैरहेको ओलीले जानकारी दिए ।
यो सङै बाँके जिल्लाका कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ ।