काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालमा चौबिस घण्टामा थप २०४ जना कोरोना संक्रमित थपिएका छन् ।
३५० जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा २०४ जना अर्थात ५८.२८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालले निकालेको सूचना अनुसार बाँके जिल्काका मात्र १५४, बर्दियामा २६ र श्री मिलिटरी अस्पतालबाट संकलित ८ नमुना पोजेटिभ देखिएका छन् । संक्रमितको औसत उमेर ३४.४४ वर्ष रहेको छ, जसमा न्यूनतम २ वर्षदेखि अधिकतम ८१ वर्षसम्मका छन् ।