काठमाडौँ । नेपाल चिकित्सक संघले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि ड्युटीमै रहेका बेला भएको सांघातिक आक्रमणप्रति आपत्ति जनाएको छ।
बिहीबार बिरामीका आफन्तसहितको समूहले कार्यथलोमै डा. साहमाथि आक्रमण गरेको भन्दै संघले घटनाको भर्त्सना गरेको हो।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले उनीहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा असर पार्ने जनाएको छ। घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन, २०७९० बमोजिम कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ।
