झापा। जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा रहेको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई खोप लगाउने तयारी गरिएको छ। नगरपालिकामा ६५ हजार ५२५ भाइल खोप आइपुगेको र १५ वटै वडाका खोप केन्द्रमा तयारी पूरा भएको स्वास्थ्य शाखाले जनाएको छ।
मेचीनगरमा चालु आर्थिक वर्षमा ६ जनामा संक्रमण पुष्टि भएकामा २ जनाको मृत्यु भएको छ। झापाभर चालु आवमा १३ जनामा संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लास्तरीय खोप अभियानको उद्घाटन असोज ५ गते काँकरभिट्टा स्वास्थ्यचौकीमा गरिनेछ।