म्याग्दी । बेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ जनरल सर्जरी सेवा विस्तार गरिएको छ। एमबिबिएस, एमएस (जनरल सर्जरी) चिकित्सक डा. अडिना बाटाजूबाट विशेषज्ञ सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
सेवाअन्तर्गत गाँठागुँठी, लिपोमा, सिस्ट, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, पायल्स, फिसर तथा फिस्टुलालगायतको उपचार तथा शल्यक्रिया गरिनेछ। घाउ तथा चोटपटक, छाला तथा नरम तन्तुसम्बन्धी शल्यक्रिया र आकस्मिक जनरल सर्जरी सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ।