काठमाडौं- पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जारी गरेको विवरण अनुसार १० हजार १ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जना गरी थप २ हजार ४२८ जनालाई कोरोना संक्रमण भएको हो ।
त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना गरी १ हजार १७४ जना थपिएका छन् ।
आज थप पाँच जना कोरेना संक्रमितको मृत्यु भएको छ । भने २ सय ५२ जना निको भई डिस्चार्ज भएका छन् ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६९० पुगेको छ । क्वारेनटीनमा ८१ जना छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।