सुत्केरी भइसकेपछि ध्यान दिनुपर्ने कुराहरू
१. सन्तुलिन खाना खाने ।
२. पर्याप्त आराम गर्ने ।
३. ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो हुने, योनिबाट रगत बग्ने, पिपजस्तो योनीस्राब हुने, तल्लो पेट धेरै दुख्नेजस्ता समस्या आएमा चिकित्सकस“ग परामर्श लिने ।
४. दैनिक पिसाब भएन चिकित्सकसँग सल्लाह लिने ।
५. सरसफाइमा ध्यान दिने ।
६. यो बेलामा स्तन गान्निने, स्तन पाक्ने समस्या हुन सक्छ । त्यसैले बच्चालाई दूध चुसाइरहने ।
७. दूध आएन भने पनि चुसाइरहने ।
८. सुत्केरी अवस्थामा विभिन्न खाले मानसिक समस्या देखिन सक्छ । त्यसैले परिवारले सुत्केरीको राम्रोसँग हेरचाह गर्ने ।