एजेन्सी । एलर्जीको समस्याले धेरै व्यक्तिहरुलाई सताइरहेको हुन्छ । विशेषगरी गर्मीयाममा यस्ता समस्या धेरै आउने गर्छन् । दुषित हावापानी, अनिदो जस्ता समस्याले पनि एलर्जी हुन सक्छ ।प्रदूषित इलाकामा नहिड्नुहोस्, एसी अन गरेका खेल झ्याल बन्द राख्नुहोस् । यि र यस्तै सावधानी अपनाउनाले मौसमी एलर्जीबाट बच्न सकिन्छ । विज्ञका अनुसार तनाव नलिने र पुरै निन्द्रा सुत्ने गर्नाले एलर्जीमा राहत मिल्छ ।
तातो पानीले कपडाको धूलो सफा गर्छ अनुसन्धानका अनुसार यदी तपाईको सुत्ने ओछ्यानलाई १ सय ४० डिग्री फरनहाइटको तापक्रममा धुनुभयो भने १ सय प्रतिशत धुलो कम हुन्छ । जबकी मनतातो पानीले धुदाँ ६ दशमलव ५ प्रतिशत धुलो मात्रै कम हुन्छ ।
केही मेसिनमा सेनेटाइज सेटिङ पनि हुन्छ । यदी मेसिनमा यस्तो अप्शन छैन भने वासिङ मेसिनमा तातो पानीको प्रयोग गर्नुहोस् वा हातले कपडा धुनका लागि तातोपानी प्रयोग गर्नुहोस् ।
कपडालाई मज्जाले सुकाउनुहोस् । घर छिर्ने बित्तिकै नुहाउनुहोस् जसलाई एलर्जीको गुनासो छ त्यस्ता मान्छेले घर छिर्नासाथ नुहायो भने केही आराम मिल्छ ।
कपडा, जुत्ता, कपाल आदीमा छिरेका भाइरसको सम्पर्कमा आउने एलर्जीको लक्षण शरिरमा आउँछ । त्यसैले जति छिटो सकिन्छ नुहाउनुहोस् ।