दाङमा वैशाख १७ (शुक्रबार) देखि २५ गतेसम्म लकडाउन हुने भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापनको मंगलबा बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो।
आगामी शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जिल्लाभरि पूर्णलकडाउन गर्ने निर्णय भएको घोषणा गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द हुने भएका छन्। अति आवश्यक सामान खरिद विक्रि गर्नका लागि बिहान ७ बजेदेखि ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर खुल्ला गर्न पाइने छ।
पूर्व पश्चिम राजमार्ग भएर जिल्लामा गुड्ने गाडीले जिल्लाभित्र यात्रु चढाउन र झार्न समेत नपाउने भएका छन्। औद्योगिक र निर्माण कम्पनीहरुले श्रमिकलाई खाने बस्ने व्यवस्था गरेर प्रशासनको अनुमतिमा काम गर्न सक्नेछन्।