काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर चार हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पिसिआर र ९६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा चार हजार ९२८ जनालाई संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३४ हजार ११७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २४६ पुगेको छ।
आज देशभर ८८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन्। देशभर ५९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर हाल करिब साढे चार सय कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ३३७ आइसियु र १०७ जना भेन्टिलेटरमा गरी ४४४ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।