काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५६२ जना संक्रमित थपिएका छन्। यो समाभार तयार पार्ने समयसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ।
भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १५ हजार ५२३ पुगेको छ।
कुल संक्रमितमध्ये एक करोड ५९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भने ३३ लाख बढि सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा पहिलो स्थानमा रहेको अमेरिकामा तीन करोड ३१ लाख ४६ हजार ८ जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा अमेरीकामा ४२ हजार ३४ जना संक्रमित थपिएका छन् भने ६६१ जनाको मृत्यु भएको छ।
तेस्रो स्थानमा रहेको ब्राजिलमा भने एक करोड ४७ लाख २५ हजार ९७५ जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ब्राजिलमा ६० हजार १३ जना संक्रमित थपिएका छन् । भने २ हजार २७८ जनाको मृत्यु भएको छ।
त्यस्तै नेपालमा हाल कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ जना संक्रमित रहेका छन् । नेपालमा शनिबार ५ हजार ७०६ जना संक्रमित थपिएका हुन् । यो हालसम्मको अत्याधिक संक्रमित संख्या हो । त्यस्तै हिजो नेपालमा १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कुल मृत्यु हुनेको संख्या ३ हजार २९८ रहेको छ ।