एजेन्सी । ग्रीन टीको सेवनले क्यान्सरको जोखिम घटाउने अध्ययनले देखाएको छ । वैज्ञानिकहरूका अनुसार ग्रीन टीको सेवनले शरीरमा एन्टी–क्यान्सर प्रोटिन (पी ५३) को स्तर बढ्छ । यस प्रोटिनले क्षति भएको डीएनएलाई मर्मत गर्नुको साथै क्यान्सरका कोषहरूलाई पनि मार्छ ।नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अध्ययनका अनुसार ग्रीन टीमा पाइने विशेष प्रकारको तत्व इपिगेलोक्याटेचिन ग्यालेट (इजिसिजी)ले शरीरमा एन्टी क्यान्सर प्रोटिन पी ५३ को स्तर बढाउन मद्दत गर्छ ।
हप्ताको कम्तीमा तीन पटक ग्रीन टीको सेवनले क्यान्सरको जोखिम मात्र नभइ अन्य व्यक्तिको तुलनामा हृदयसम्बन्धी रोगहरू हुने खतरा पनि २० प्रतिशतले घटाउँछ । एक लाखभन्दा बढी व्यक्तिको सात वर्षसम्म गरेको अनुसन्धानले त्यस्ता व्यक्तिहरू १५ महिना बढी बाँच्ने दाबी गरेको छ ।अनुसन्धानमा संलग्न वरिष्ठ अनुसन्धानकर्ता डोङ्गफेङ्ग ग्युका अनुसार ग्रीन टीमा पाइने एन्टिअक्सिडन्टले भरिपूर्ण माइक्रोन्यूट्रिएन्ट पोलिफेनल्सका कारणले विभिन्न रोगको जोखिम कम गर्ने हुन्छ ।
ग्रीन टीको सेवनले क्यान्सर र हृदय रोगबाट नभइ मधुमेह, पार्किन्सन्स, अल्जाइमर र मोटोपनासँह सम्बन्धित समस्याहरू हटाउन सहयोगी हुन्छ । एक दिनमा दुई कपभन्दा बढी ग्रीन टीको सेवन गर्नु हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा यसमा चिनी प्रयोग गर्नु हुँदैन । चिनीको सट्टा मह प्रयोग गर्न सकिन्छ । ग्रीन टीलाई साँझ ६ बजेभन्दा अगाडि पिउनु पर्छ नत्र केही मानिसमा निन्द्रा नलाग्ने समस्या हुन सक्छ ।