काठमाडौं । करिब ५ महिना पहिले ओखलढुङगाका ४० वर्षिया गोपाल कार्की एक्कासी आफ्नै घरभित्र लडें । लडेपछि उनलाई प्यारालाइसिस् भयो । खेती किसानी गरेर सामान्य जीवन गुजारा गरिरहेका उनको जीवनमा त्यसले ठूलै संकट समेत पैदा गर्र्यो ।
सामान्य खेती किसानी गरेर तीन बाल बच्चा तथा श्रीमतीको रेखदेख गरिरहेका उनी उपचारका लागि श्रीमती कोपिला कार्कीसहित काठमाडौं आए । उपचारका क्रममा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्की दम्पतीले ११ दिन बिताए । प्यारालाइसिस्ले उनको मस्तिष्कमा रगत जाम भएपछि बेहोस अवस्थामा रहेका गोपालको ११ दिनको उपचार पश्चात् होस आयो ।
ओखलढुङगाबाट उपचारका लागि काठमाडौं आउन मात्रै १२ घन्टा लाग्यो त्यो दिनको स्मरण गर्दै गोपालकी श्रीमती कोपीला भन्छिन् जाँड , रक्सी चुरोट केही पनि सेवन नगर्ने मेरा श्रीमान्लाई यस्तो खतरा रोग लाग्यो । टाढा भएकोले अस्पताल ल्याउनमा मात्रै ३०- ४० हजार खर्च भयो कोपिला भन्छिन् ।
केएमसीको ११ दिनको उपचारपछि थेरापीका लागि भन्दै गोपाललाई दुवाकोट पठाइयो । त्यहाँ ७ दिनसम्म पनि थेरापी गराउँदा पनि गोपालको स्वास्थ्यमा केही सुधार आएन । त्यहाँको उपचारले केही सुधार नभएपछि काडाँघारीमा बस्ने कोपीलाका भाईले लेजर थेरापी क्लिनिक जावालाखेलमा यस्ता समस्याको उपचार हुने बताएपछि उनीहरु उपचारका लागि लेजर थेरापी क्लिनिक आइपुगेका थिए ।
हालसम्म तीन पटक लेजर थेरापी गराइसकेका गोपाल अहिले पहिलाको जस्तै भइसकेका छन् । यहाँको उपचारले मेरो श्रीमान् पूर्ण रुपमा निको हुनुभयो, लेजर थेरापीले ममाथि ठूलो गुन लगायो , यदि कोही कसैलाई प्यारालाइसिस्को समस्या छ भने अन्य ठाउँमा नगई यहीं नै उपचारका लागि आउन आग्रह गर्छु ,गोपालकी श्रीमती कोपिला भन्छिन् ।