काठमाडौं । रेड वाइन पिउँदा डिप्रेसन(अवसाद) र एंगजाइटी (चिन्ता) दुवैलाई रोक्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्। मुसाहरूमा गरिएको परीक्षणमा अंगुरको बाहिरी भागमा पाइने रेस्भेराट्रोलले अवसाद तथा चिन्ता जन्माउने एन्जाइमलाई रोकिएको पाइयो।
मुसाहरूलाई रेस्भेराट्रोल राखिएको कुरा खुवाउँदा देखिएको परिणामबाट अहिले उपलब्ध औषधिको प्रभावकारी विकल्प पाइएको विज्ञहरूको भनाइ छ। रेड वाइनमा रेस्भेराट्रोल हुन्छ तर यसको अत्यधिक सेवनले मृत्यु गराउँछ।
रेस्भेराट्रोललाई क्यान्सरदेखि गठिया अनि पागलपनसम्मको उपचार गर्न समर्थ तत्त्व मानिएको छ। अमेरिकाको न्युयोर्कमा रहेको बफलो विश्वविद्यालयका वैज्ञानिकहरूले अवसाद तथा चिन्ताको उपचारमा रेस्भेराट्रोलको असरको परीक्षण मुसामा गरे।
अत्यधिक कोर्टिकोस्टेरोन हुँदा मुसाहरूले चिन्ता र अवसादको लक्षण देखाए ।अनि रेस्भेराट्रोलले मुसालाई चिन्ता र अवसादबाट मुक्त गरिदियो। एक ग्लास रेड वाइनमा दुई एमजी रेस्भेराट्रोल हुने र दिनको एकपटक त्यसको सेवन नै चिन्ता तथा अवसाद हटाउन पर्याप्त हुने अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसभन्दा बढी पिउँदा स्वास्थ्यमा समस्या आउँछ।