सिन्धुलीमाढी - सिन्धुली अस्पतालमा कोरोना भाइरस सङक्रमणबाट एक जना आठ बर्षिय बालकको मृत्यु भएको छ ।
जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ निवासी आठ बर्षिय बालकको उपचारको क्रममा शुक्रबार मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार ती बालकको जम्मा तौल दश केजी मात्रै भएपछि अभिभावकले करिब एक साता अघि उक्त अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।
अस्पतालले वैशाख २१ गते स्वाब सङकलन गरि पिसिआर परिक्षण गर्न पठाएकोमा शुक्रबार बिहान कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो ।
बालकमा कोभिड १९ सँग मिल्ने कुनै लक्षण देखिएको थिएन । तै पनि ती बालकलाई कोभिड वार्ड ९कक्ष० मा शुक्रबार बिहान सारेर उपचार सुरु गरिएको थियो ।