काठमाडौं । पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७९० जनाको नमूना परीक्षण गर्दा १२६ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २१२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन्।