एजेन्सी । पछिल्लो समय मधुमेहको समस्याबाट लाखौँ मानिसहरू प्रभावित भएका छन् ।
युवा उमेर समूहका मानिसहरूसमेत मधुमेहबाट पीडित भएका छन् । शरीरमा ग्लुकोजमो मात्रा बढेमा शरीरमा विभिन्न समस्या हुन थाल्छ । जसकारण मधुमेहको समस्या हुनेहरूले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न आवश्यक हुन्छ । सुरुवाती चरणमा लक्षण नदेखिने कारण धेरै मानिसहरूलाई मधुमेहले गम्भीर समस्या ननिम्त्याएसम्म मधुमेह भएको थाहा हुँदैन ।
पटक-पटक पिसाब लाग्नु, थकान, मुख सुक्खा हुनु मधुमेहका सामान्य लक्षण हुन् । तर कतिपयलाई मधुमेहका अन्य लक्षण पनि देखिन सक्छ । खुट्टाबाट पनि मधुमेह भएको थाहा हुन्छ । खुट्टामा देखिने केही लक्षणहरूले मधुमेह भएको सङ्केत गर्न सक्छ । खुट्टा रातो हुने, खुट्टा तातो हुनु वा खुट्टा सुन्निने समस्या, लामो समयसम्म अनियन्त्रित रगतमा चिनीको मात्रा बढेको सङ्केत हुन सक्छ ।
‘नेसनल इन्स्टिच्युट अफ डायबिटिज एन्ड डाइजेस्टिभ एन्ड मिर्गौला रोग’का अनुसार दैनिक खुट्टाको जाँच गराउनु पर्छ र खुट्टा फरक वा खुट्टामा कुनै परिवर्तन देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ । मधुमेह भएका व्यक्तिहरूले खुट्टामा भएको घाउ, रातो दाग, सुन्निने वा फोका छ कि छैन तथा खुट्टाको नङमा पनि ध्यान दिनु पर्छ ।
खुट्टामा यस्तो समस्या देखिनु रगतमा चिनीको मात्रा बढेको वा मधुमेहको लक्षण हो । साथै, यो सबै सङ्क्रमणको कारण बन्न सक्छन् ।