काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २१४ जना संक्रमितको मृत्यु भएको छ । भने ८ हजार ९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ,देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकोमा ८ हजार ९६० जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ५५ जना संक्रमणमुक्त भएका छन्।
हाल नेपालमा एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, ४९७ जना क्वारेन्टाइनमा छन्।