काठमाडौं - भारतमा पछिल्लो २४ घण्टाभित्र ३ लाख ३८ हजार २३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भने ३ हजार ८८८ को मृत्यु भएको छ।
भारतमा हाल कोरोना संक्रमितको संख्या २ करोड ४० लाख नाघेको छ। त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या दुई लाख ६२ हजार नाघेको छ।
हाल भारतमा २ करोडभन्दा बढी संक्रमणमुक्त भइसकेका छन् ।
त्यस्तै, ३७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा पहिलो स्थानमा रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा करिब ३८ हजार संक्रमित थपिएका छन् भने ७४४ जनाको मृत्यु भएको छ। त्यहाँ कुल तीन करोड ३६ लाखभन्दा बढी संक्रमित रहेका छन्।
तेस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढी संक्रमित थपिँदा २३ सयभन्दा बढीको मृत्यु भएको छ। त्यहाँ हाल करिब एक करोड ५४ लाख संक्रमित रहेका छन्।