काठमाडौं । कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई शैक्षिक अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको ठिक एक वर्षपछि मन्त्रिपरिषद्ले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गरेको छ ।
आइतबार बसेको मन्त्रिरिषद्को बैठकले कोशीलाई पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गर्ने एमबीबीएस कार्यक्रमका लागि टिचिङ अस्पतालको रुपमा प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो ।
विश्वविद्यालयले २०६२ सालयता पटकपटक मेडिकल कलेज सञ्चालनको प्रयास गरेतापनि जनान्दोलन, डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलन र राजनीतिक अस्थिरतासँगै खिचातानीले असर गरेको थियो ।