काठमाडौं । ग्यास सिलिन्डर विष्फोट भई घाइते भएका कांग्रेस सांसद डा.चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
बुधबार राती बानेश्वरस्थित आफ्नै निवासमा ग्यास विष्फोटमा घाइते भएका सांसद भण्डारीलाई कीर्तिपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि बिहीबार दिउँसो भारत लगिएको थियो ।
भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचार गराइरहेका उनको पहिलो शल्यक्रिया सफल रुपमा सम्पन्न भएको हो । उनको दोस्रो शल्यक्रियाका लागि चिकित्सकहरु छलफलमा रहेका छन् ।
नेशनल बर्न्स सेन्टरका चिकित्सक डा सुनिल केसवानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्श तथा निगरानीमा सांसद भण्डारीको उपचार भइरहेको छ ।