काठमाडौं - स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले १८ वर्ष भन्दा माथिका नागरीकका लागि कोरोना विरुद्धको पहिलो खोपका लागि आवेदन फारम भर्न आग्रह गरेको छ ।
आवेदन भर्नका लागी मन्त्रालयको आधिकारीक वेवेभसाईट https://vaccine.mohp.gov.np मा गएर फारम भर्न सकिने मन्त्रालयले जनाएको छ ।
मनत्रालयका अनुसार देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिने छ, फारम भर्ने अन्तिम मिति भने नतोकिएको छैन।
कोरोना भाईरस संक्रमण विरुद्ध खोप लगाउन जो सुकै ईच्छुक नेपाली नागरीककले आवेदन दिन सक्नेछन् ।