काठमाडौं । हात्तीपाइले रोगको जोखिममा रहेका नेपालभरका १५ जिल्लामा राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान आजदेखी संचालन हुने भएको छ ।
ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा९ईडिसिडि०का अनुसार फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोतरी सर्लाही,रौतहट,बारा,रसुवा,लमजुङ,पर्वत,बागलुङ,कपिलबस्तु, दाङ,बाँके र कैलालीमा औषधि खुवाइदैछ ।
नेपालका ६४ जिल्लामा सञ्चालित यस अभियान ४८ जिल्लामा बन्द भइसकेको अवस्था छ । बाँकी जिल्लाहरुमा भने औषधि खान योग्य सबैले नखाईदिएको हुनाले र हरे दुई दुई वर्षमा रगत जाँच गरि हेर्दा समेत यी जिल्लाका रोग अपेक्षाकृत रुपमा नघटेकाले पटक पटक औषधी खुवाउन लागिएको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमलाल दास बताउँछन् ।