काठमाडौँ - बिहीबार गठन भएको केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारको मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी पुरानैले पाएका छन् ।
सोही अनुसार स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीले पाएका छन । त्यस्तै स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी नवराज रावत पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उनी प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् ।
नव नियुक्त स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीले आजै सितल निवासमा पुगेर पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।