काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर २०३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ भने आठ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका विभिन्न प्रयोगशालामा २० हजार ९ सय ४८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ४६७ र ५३० जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ हजार पुगेको छ।
हाल ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।