काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल वुमन चेम्बरले सम्मान गरेको छ ।
उनलाई ११३ औं नारी दिवसको अवसरमा सम्मान गरिएको हो । समाजसेवीको रुपमा क्यान्सर उपचारको क्षेत्रमा दिएको योगदानका मुल्यांकन गर्दै श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो ।
उनले नेपालमा क्यान्सर रोग लागेपछि मृत्यु नै भइहाल्छ भने भ्रम चिर्न क्यान्सरबाट निको भएकाहरुलाई खुलेर बाहिर आउन सहयोग गर्दै आइरहेकी छन् । उनकै पहलमा क्यान्सर सर्भाभरहरुलाई एकै ठाउँमा ल्याएर उपचार गराइरहेका बिरामीहरुको आत्मबल बढाउनका लागि 'सर्भाभर र्याम्प सो 'समेत हुँदै आइरहेको छ ।
यसले क्यान्सर रोग लागेका बिरामीहरु समाजमा खुल्ने क्रम बढिरहेको छ । उनले उपचारका लागि सहयोगी हातहरु, लायन्स क्लब, रोटरी क्लब, क्यान्सर रिलिफ सोसाइटी नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा अन्य संघ संस्थाहरु मार्फत् आर्थिक अवस्था कमजोर भएका क्यान्सर तथा अन्य बिरामीका लागि आर्थिक सहयोग गर्दै आइरहेकी छन् ।