काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दैनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताएका छन् ।
प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको ओलीको भनाइ छ । पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्याएको ओलीले बताए । राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ नभएको उनको भनाइ छ ।
एमालेले २०७२ सालमा विद्या भण्डारीलाई राष्ट्रपतिका लागि उम्मेदवार बनाएको थियो । त्यसपछि २०७४ को मंसिरमा भएको चुनावपछि फागुनमा उनलाई राष्ट्रपतिमा दोहो¥याउने निर्णय एमालेले गरेर उम्मेदवार बनाएको थियो ।