काठमाडौं । अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। महिला विभागको आयोजनामा स्वास्थ्य सेवा बिभाग टेकु देखि माइती घर मण्डला सम्म 'वाकथन' कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचीव तथा स्वास्थ्य तथा जनसंख्या बिभाग इन्चार्ज योगेश भट्टराई राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतम , उपाध्यक्षहरु सारदा खनाल, जगत नेपाली, भिम राज सिंह उपमहासचिव तथा महिला बिभाग प्रमुख अमृता बराल र सचीव रुपा के. सी. लगायतको सहभागिता थियो।