काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित भएका छन् । श्रेष्ठलाई आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि पार्टीले कारबाही गरेको हो ।
श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपाका सांसद बनेका थिए । पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको बताए । यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने उनको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।