काठमाडौं । स्वास्थ्य विभागको टोलीले महाकाली प्रादेशिक अस्पतालको डायलासिस् सेवाको निरीक्षण गरेको छ ।
टोलीमा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिना रहेका थिए । उक्त टोलीको नेतृत्व भने डा.खगेश्वर गोलालले गरेका थिए ।
अस्पतालले डायलासिस् सेवा सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको थियो । महाकाली प्रादेशिक अस्पतालमा डायलासिस् सेवा नहुँदा बिरामी अन्यत्र जानुपर्ने अवस्था रहेको छ ।