प्युठान । उत्तरी प्युठानको गौमुखी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापनासँगै स्थानीय जनतालाई सहजता हुने भएको छ ।
गौमुखी गाउँपालिका–५, ठुलाबेशीमा आँखा उपचार केन्द्रको स्थापना भएपछि आँखाका बिरामीलाई उपचारमा सहजता हुने भएको हो ।
पछिल्लो समय आँखाका बिरामीलाई स्थानीय तहसम्म पहुँच स्थापित गर्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको गाउँ पालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिए ।