काठमाडौं । ओम समाज डेन्टल हस्पिटल नैकाप शाखामा ४ दिने योग शिविर सम्पन्न भएको छ।
आज चौथो अन्तिम दिन केन्द्रीय प्रभारी, महिला पतंजली योग समिति, नेपालका प्रमुख प्रशिक्षक पुज्या साध्वी देवादितिज्यूद्वारा निःशुल्क विज्ञान शिविर सम्पन्न भएको छ ।
विहान ५:०० बजेदेखि ७:०० बजेसम्म सम्पन्न भएको शिबिर चार दिन चलेको थियो। ओम समाज डेण्टल हस्पिटल, इन्द्र अन्नपूर्ण योग केन्द्र तथा चन्द्रागिरी नगर पालिका १४ को सहाकार्यमा सम्पन्न भएको योग शिविरमा वडाध्यक्ष श्री राजभाइ महर्जन,ओम समाज डेण्टल अस्पताल तथा इन्द्र अन्नपूर्ण योग केन्द्रका अध्यक्ष श्री डा. शुभाष कुमार घिमिरे, महिला पतंजली योग समिति, नेपालका प्रमुख प्रशिक्षक पुज्या साध्वी देवादिति, महिला पतंजली योग काठमाण्डौ जिल्ला समितिका अध्यक्ष हिरा अधिकारी लगाएत अन्य थुप्रै वरिष्ठ व्यक्तित्व हरुको सहभागीता रहेको थियो ।
