काठमाडौं । स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरणका लागि आवेदन माग गरिएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत कर कोषको कार्यालयको सचिवालयले २०७६ पछि चार वर्षपछि उक्त ६ विधामा पुरस्कार प्रदान गर्न लागेको हो । वीचमा यसले निरन्तरता पाउन सकेको थिएन । सचिवालयले जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थको आयात, विक्री वितरण तथा सेवनलाई न्युनीकरण गर्दै यसको नियन्त्रण तथा नियमनमा योगदान पुराएका प्यक्ति तथा संस्थाले आवेदन दिनसक्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य कर कोष सचिवालयले यही मे ३१ तारिखमा पर्ने विश्व धूम्रपान रहित दिवसको अवसरमा पुरस्कार प्रदान गर्न लागेको हो।